गुल्मी
भदौ १ –
विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले आज भदौ १ देखि गुल्मीका सबै शिक्षण संस्था बन्दको आह्वान गरेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १ देखि गुल्मीमा अनिश्चितकालिन शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीका सचिव विष्णु बिक र सदस्य राज खड्कालाई प्रहरीले प्रकाउ गरेको भन्दै उक्त पाटीको विद्यार्थी संगठनले बन्दको आह्वान गरेको बताएको छ ।
साथै प्रेस विज्ञप्तिमार्फत गिरफतार परेका कमेरडहरुलाई रिहाइको माग समेत विद्यार्थी संगठनले गरेको छ ।