बसन्त श्रेष्ठ छापेली
अर्घाखाची, भदौ ३ –
छत्रदेब गाउँपालिका ७ नम्बर वडा कार्यालय भगवती अर्घाखाँचीको आर्थिक वर्ष २०७६÷०७६ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
वडा कार्यालय गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्य तथा समग्र सेवा प्रभावहको अवस्थाको बारेमा सोमबार सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सेवा प्रबाहको अवस्था साथै आगमी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा वडा कार्यालयलाई सुझाव दिएका थिए । सार्वजनिक सुनवाईबाट सबैवडा सदस्यहरुको उपस्थितीलाई नियमित बनाउने, वडा कार्यालयले दिने अनुदान तथा प्रबिधि हस्तान्तरणलाई व्यवस्थित बनाउने लगायतका १० बुँदे प्रतिबद्धता पत्र निर्माण समेत गरिएको छ ।
सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको जवाफ दिदै वडाअध्यक्ष शोभाखर पाण्डेले वडा कार्यालयले गर्ने काममा अझ जनमुखी र सेवाग्राही मैत्री बनाउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले वडा कार्यालयले आएका सुझावहरुको कार्यान्वय गर्ने भन्दै जुनसुकै बेला पनि सहकार्य र समन्वय गर्न जनप्रतिनिधी तत्पर रहेको बताउनुभयो । वडा सदस्य गोपाल प्रसाद मरासिनीले स्वागत मन्तब्य, एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले बिषयवस्तु माथि प्रकाश पारेको कार्यक्रममा वडा सचिव होमनाथ न्यौपानेले गत आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य मुख्य कार्यक्रम र उपलब्धीको बारेमा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद खनाल, नेकपाका लोकबहादुर शाह, नेपाली कांग्रेसका भविश्वर पाण्डे, राजमोका पूर्णकुमार श्रेष्ठ, सरस्वती मा।बि का प्राचार्य ठाकुर प्रसाद पाण्डे, स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे लगायतले वडाले गरेका काम कारबाहीको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता र संस्थाका सामुदायिक अनुसन्धानकर्मी सागर परियारको सहजीकरण रहेको थियो ।