काठमाण्डौ
भदौ ४ –
सुनको भाउ बढेको छ । सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार प्रतितोला ५ सय घटेर मंगलबारसम्म प्रतितोला ७१ हजार रुपैयाँ कायम रहेकोमा आज बुधबार पुनः तोलामा ३ सय वृद्धि भएको हो ।
त्यसैगरी आइतबारदेखि प्रतितोला ७० हजार ७ सय रुपैयाँ स्थिर रहेको तेजाबी सुन पनि बुधबार प्रतितोला ३ सय बढेर ७१ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम गरेको हो ।
सामान्यतयाः साउन सुनको मूल्य घट्ने महिना हो भन्ने गरिए पनि यो वर्ष साउनबाटै सुनको मुल्य उकालो लाग्ने क्रम जारी छ ।