राधा पोख्रेल,
गुल्मी, भदौ ५-
गुल्मीको रुरु गाउपालीका भित्र रहेका एग्रोभेटहरुको अनुगमन गरिएको छ ।
अनुगमन पछि ७ दिन भित्रमा मिति नाघेका औषधी लाई व्यवस्थित गर्न अनुरोध गरिएको छ ।
यहि अटेर गरेमा कारबाहि गरिने वडा नम्बर १ का वडाध्यक्ष रामलाल बिकले बताउनुभयो ।
अनुगमनको लागि रुरु गाउपालीका कृषि शाखाका प्रमुख हरि ओमलाल चौरासिया ,पशु शाखा प्रमुख हिमलाल पाण्डे , रुरु गाउपालीका वडा नम्बर एक का वडाध्यक्ष रामलाल बिक , गाउकार्यपालीका सदस्य भगवती बराल सुनार, वडा सचिव राम प्रसाद ज्ञवाली, इलाका प्रहरी कार्यलय रिडिका प्रतिनिधी हिमराज अधिकारी, प्रहरी निम बहादुर डम्मरपाल, समाजसेवी माधव प्रसाद ज्ञवाली, लील बहादुर कडेंल लगायत को टोली पुगेको थियो ।
एग्रोभेटहरुको अनुगमन बुधबार गरिएको थियो । अनुगमनलाई तिब्र रुपमा अगाडि बढाएपछि एग्रोभेटहरुमा सुधार आउने बिश्वास लिइएको छ ।