अनिल खत्री
५ भदौ, गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर भोली शुक्रबार सार्बजनिक बिदा दिने भएको छ ।
भदौ ६ गते शुक्रवार परेको श्रीकृष्ण जन्माष्टमीको दिन सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले जानकारी दिनुभयो ।
बिहिवार बसेको कार्यपालीकाको बैठकले हिन्दु धर्मालम्बीको श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर एक दिन सार्बजनिक बिदा दिने निर्णय गरेको मरासिनीले बताउनुभयो । शुक्रवार श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।
भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।
श्रीकृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।