नवलपरासी
भदौ ६ –
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख पक्राउ परेका छन् ।
नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाललाई विहीबार राति घरबाटै पक्राउ गरिएको हो ।
सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान सुरु ग।िएको उहाले बताउनुभयो ।
पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।