अनिल खत्री
७ भदौ, गुल्मी
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेका तम्घास स्थान मन्दीर व्यावस्थापन समितीले श्रीकृष्ण रथ यात्रा बिबिध कार्यक्रम गरेर मनाएका हुन् ।

कृष्ण जन्माष्टमीको अर्को दिन बिभिन्न कार्यक्रम गर्ने प्रचलन रहेको छ ।
मन्दिर व्यवस्थापन समिती, राधा माधब समिती, सत्य साहि संठन, ब्राह्माकुमारी बिश्व बिद्यालय, लगायतका संघ संस्थाले भगवान कृष्णको रथ यात्रा शनिवार तम्घास बजारमा परिक्रमण गराएका छन् ।

समितीले मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थानमा पुजाआजा सहित बजार परिक्रमण गराएका छन् ।

रथ यात्रामा पञ्चे बाजा सहित बिभिन्न भजन कृतनहरुका प्रस्तुतिहरु राखिएको थियो ।

कृष्ण जन्माष्टमीको अबसरमा तमघासमा रहेका बिभिन्न संघ संस्थाले रोपाइँ जात्रा निकाल्ने प्रचल रहि आएको छ । बिभिन्न हास्य व्याग्य कार्यक्रमसँगै रोपाइँ जात्रा गर्ने प्रचलन रहेको छ ।