सुरेश छन्त्याल
बाग्लुङ ,भदौ ७ –
भर्याङ सामुदायिक बन उपभोक्ता समुहले गलकोट नगरपालिका १० पाण्डबखानी बाग्लुङको उपल्लो पुर्से देखि गलकोट नगरपालिका ७ झिर्का हुदै गलकोट नगरपालिका ११ रिघाको गोठ्लाङ सम्म जाने बाटो सफाइ गरेको छ ।
बनका अध्यक्ष ज्ञान बहादुर कार्कीको नेतृत्वमा ७० जनाको ग्रुपले बन बाटो सरसफाइ गरिएको पाण्डबखानीका स्वास्थ्य स्वयंसेविका थममाया काउचाले जानकारी दिनुभएको छ ।
त्यस्तै पाण्डबखानीमा रहेको बगर आमा समूहले पनि बगर गैराभाटी काउले सम्म सरसफाइ गरेको छ।
यता वर्षायामले ठुलो खोला आइ धारखोलाले विभिन्न स्थानमा बाटो अवरुद्ध हुने घर बस्तीनै जोखिम हुने हुदा यसपालि वडाबाट परेको जालिले व्यवस्थित तरिकाले तटबन्धन गरिएको समाजसेवी खगप्रसाद घर्तिले जानकारी दिनुभएको छ।
निरन्तर पानी परेपछि राति सुत्दा पनि समुदायनै असुरक्षित हुने हुदा अहिले केही सुरक्षाका लागि व्यवस्थापन सहित जालिले तटबन्धन गरिएको हो ।