गुल्मी
भदौ ७ –
गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ४ दिगाम मा तिजगित तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
वडाको वडास्तरिय संस्कृति प्रबद्र्धन कार्यक्रम ,उपभोक्ता समिति छत्रकोट ४ दिगामको आयोजना ,दिगाम महिला संजालको सहआयोजना र माउन्टेन मुभर्स युवा क्लवको सहयोगमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा संजालकी लक्ष्मी कंडेलको अध्यक्षता, गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थले संस्कृति र परम्पराको सबैले जगेर्ना गर्नुपर्ने बताउनुभएको थियो । उहाले पछिल्लो समय चाडपर्वको नाममा बढिरहेको बिकृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कोपिला पाण्डेयको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन लक्ष्मी कंडेल न्याउपानेले गर्नुभएको वडाअध्यक्ष डिलाराम न्याउपानेले बताउनुभएको छ ।