अनिल खत्री
११ भदौ, गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका आफ्नै भवनबाट कार्यालय शुभारम्भ गरेको छ ।
नव निर्मित भवनको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको बताए ।
देशमा संघियता आइसकेपछि आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेन थालेको बताए ।
सबैभन्दा धेरै कानुन प्रदेश ५ नम्बर प्रदेशले बनाएको मुख्यमन्त्री पोखरेलले बताए । उनले विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको भन्दै प्रदेश ५ अब्बल रहेको बताए ।
धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आर्थिक वर्ष ०७४ -०७५ मा सुरू भएको भवन निर्माण कार्य आव ०७५-०७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
गाउँपालिका मध्ये जिल्लामा आफनै भवनबाट कार्यालय सञ्चालन गर्ने गाउँपालिका धुर्कोट गाउँपालिका बनेको छ ।