चुरामणि तिमिल्सीना
गुल्मी ,भदौ ११ –
गुल्मीको रिडिमा यहि भाद्र २८ गतेदेखि असोज १७ गतेसम्म सन्चालन हुने बिराट ज्ञान महायज्ञको प्रचारप्रचार तिव्र रुपमा अगाडि वढिरहेको छ ।
यसै क्रममा बुधबार पाल्पाको तानसेन नगरपालीका १४ का शैक्षिक संस्थाहरु , महिला समुह, आमा समुह र गुल्मीको रुरु गाउपालीकाका शैक्षिक संस्थाहरु शिक्षक ,बिद्यार्थि र कर्मचारीहरु सगँ अन्तरक्रिया गरिएको छ ।
महायज्ञलाइ भव्य रुपमा सम्पन्न गर्नको लागि अन्तरक्रिया गरिएको हो ।
यस्तै रुरु संस्कृत बिद्यापिठ रिडि गुल्मीमा आवास व्यवस्थापन का लागि प्राचार्य लिलामणि खनाललाई पत्राचार समेत गरिएको छ ।
भोली बिहिबार रिडिमा गरिने भनिएको पत्रकार सम्मेलनको सम्पुर्ण तयारी पनि पुरा भएको आयोजकले जनाएको छ ।