गुल्मी
भदौ १३ –
श्रेष्ठ मोटरसाइकल यमाहा सोरुम बलेटक्सार गुल्मीमा दरखाने तथा तिजगित कार्यक्रम गरेको छ ।
सोरुमबाट यमाहाका स्कुटर खरिद गरेका महिला तथा स्थानिय सघं सस्थाका महिलाहरुको बिचमा बिहिबार कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सोरुमकी पोप्राइटर निर्मला श्रेष्ठको अध्यक्षता, रुरु गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्थको प्रमुख आथित्यता रहेको थियो ।प्रमुख अतिथि पन्थले सोरुमले यस्तो कार्यक्रमको आयोजना गरेकोमा धन्यावाद ज्ञापन गर्नुभएको थियो । उहाले महिलाहरु आत्मनिर्भर बन्दै स्वावलम्बी बनेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रुरु गाउपालीका वडा .नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, वडा नम्बर ५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई श्रेष्ठ मोटरसाइकल का प्रमुख कमल श्रेष्ठले स्वागत तथा धन्यावाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रम जगनाथ ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
श्रेष्ठ मोटरसाइकल यामाहा सोरुम बलेटक्सारले गत आर्थिक वर्षदेखि अहिलेसम्म करिब १ सय बढि स्कुटर र मोटरसाइकल बिक्रि गरेको छ ।