राधा पोख्रेल
भाद्र १४, गुल्मी –
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध महिला संगठन छत्रकोट गाउँपालिका गुल्मीले तिजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा जन जागृति माध्यमिक विद्यालय हुँगा प्रथम, आदर्श महिला विकास समिति दिगाम द्धितिय, अनमोल कृषि समूह हर्दिनेटा तृतिय र नेकपा महिला संगठन सान्तना भएका छन् । यस्तै प्रतियोगिता को निर्णायकमा सिर्जना श्रेष्ठ, राम प्रसाद पन्थ, र जनक पन्थले रहनु भएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सम्बद्ध महिला समूहकी अध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता , नेकपा जिल्ला कमिटी अध्यक्ष तथा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थको प्रमूख अतिथ्यता , नेकपा प्रदेश नं ५ सदस्य तथा गाउँपालिका उपाध्यक्ष नमर्दा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो ।गाउँपालिका ईन्चार्ज विष्ण प्रसाद ज्ञवाली, जिल्ला सचिवालय सदस्य रामचन्द्र कंडेल, गाउँ कमिटी अध्यक्ष राम प्रसाद पाण्डे ,
सचिव पिताम्बर अर्याल लगायतका सदस्यहरु सम्पूर्ण वडाका अध्यक्ष तथा सदस्यहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो ।राम प्रसाद पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन तारा कंडेल, सुनिता गाहा र रक्षा पन्थले गर्नुभएको थियो ।