गुल्मी,
भदौ १८ –
गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसका जनप्रतिनिधिले ताला लगाएका छन्।
प्रमुख डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा नेपाली कांग्रेसका जनप्रतिनिधिले ताला लगाएका हुन्।
सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा विद्यालय व्यवस्थापन समितिको निर्णयलाई
नगरपालिकाले खारेज गरेको विरोधमा उनीहरूले तालाबन्दी गरेका हुन्।
विद्यालय व्यवस्थापक समितिले गरेको निर्णयलाई नगरपालिकाको कार्यपालिकाको बैठक नबसी मेयर र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी निर्णय गरि
निर्णय खारेज गरेको आरोप उनिहरुले लगाएका छन ।