युगराज बस्याल
गुल्मी ,भदौ १९ –
बलेटक्सार सामुदायिक ग्रामिण बिद्युतिकरण उपभोक्ता समुह बलेटक्सार गुल्मीको सत्रौ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा समुहका अध्यक्ष चक्रपाणी गौतमले काठका पोल बिस्थापित गर्ने ,दक्ष जनशक्ति ,भौतिक संरचना र आर्थिक श्रोतको उपभोक्ता समुहलाई आवश्यक रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाले करिब १३ लाख ५० हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक ग्रामिण बिद्युतिकरण उपभोत्ता महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले देश भरिमै सामुदायिक बिद्युतिकरण भएकाले यसलाई सबल बनाउन उपभोक्ताले बिद्युत खपत बढाउनुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथि ज्ञवालीले ग्यासलाइ बिस्थापित गर्दै भान्सामा आधुनिक चुल्हो र खाना पकाउने भाडा प्रयोग गरेमा उपभोक्तालाई आर्थिक भार कम हुने र सामुदायिक बिद्युत सक्षम हुने बताउनुभएको थियो ।
कार्यक्रममा समुहकी उपाध्यक्ष मिना गौतमले स्वागत गर्नुभएको कार्यक्रममा ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालयका अध्यक्ष तोयनारायण ज्ञवाली, रुरु क्षेत्र गाउपालीका वडा नम्बर ४ का अध्यक्ष फर्सुराम ज्ञवाली, समाजसेवि नारायण पौड्याल ,श्रृङगेश्वर बहुमुखि क्याम्पसका प्रमुख शोभाखर पन्थ, समाजसेवि देवनारायण ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समुहका कोषाध्यक्ष कुल प्रसाद ज्ञवालीले धन्यावाद मन्तव्य राख्नुभएको थियो ।सचिव टिका बहादुर केसिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बलेटक्सार सामुदायिक ग्रामिण बिद्युतिकरण बाट ५ सय ६० घर लाभाम्वित छन ।