अर्घाखाची
घनश्याम पौडेल,भदौ २१ –
साथी बचत तथा ऋण सहकारी संस्था सातौ वर्षमा प्रवेश गरेको छ ।
अर्घाखाचीको सदरमुकाम सन्धिखर्कमा ७ वर्ष अगाडी स्थापना भएको सहकारीले साथी सँग सन्धिखर्क नगरपालिका कार्यक्रम गरी सातौ वर्ष मनाएको हो । वार्षिकउत्सको अवसरमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले नगरपालिका भित्र रहेका उत्कृष्ट सहकारी प्रोत्साहन गर्ने बताए । नगरपालिका भित्र रहेका सहकारीहरु मध्येबाट उत्कृष्टका आधारमा सम्मान गर्ने बताए । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले सहकारीको माध्यमबाट नगरलाई समृद्ध बनाउँनका लागी टेवा पुग्ने बताए । प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले निती र नियममा रहेर काम गर्न सहकारीलाई आग्रह गरे ।
साथी सहकारीले विद्यार्थी सँग साथी कार्यक्रम अन्र्तगत छात्रवृत्ति वितरण, महिलाहरु लक्षित तिज कार्यक्रम, बजार सरसफाई, योगा कार्यक्रम, व्लड डोनेसन, भुकम्प र बाढिपिडितलाई राहत वितरण लगाएतका सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरेको सहकारीका अध्यक्ष धर्मराज भुसालले बताए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा, वडा नं १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँली लगाएत सहकारीका शेयर सदस्य, कर्मचारीहरुको उपस्थित रहेको कार्यक्रममा कार्यकारी निर्देशक प्रकाश भुसालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।