रुपन्देही
भदौ २२ –
डेंगु रोगका कारण रुपन्देहीमा एक जनाको ज्यान गएको छ ।
कपिलवस्तुको बाणगंगा–७ मोतिपुरमा ६१ वर्षीया सावित्रा आचार्यको डेंगुका कारण ज्यान गएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका ज्यान गएको हो ।
उहाँलाई एक्कासी ज्वरो आएपछि ३ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
रुपन्देहीमा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।
पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन्।
इपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०को तथ्यांक अनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाख यता करिब सात हजार छन्।
निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा ७० हजार पुग्ने चिकित्सकको आँकलन रहेको छ।
इडिसिडीको तथ्यांकअनुसार बैशाख देखि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल पुगेका छन्।