गुल्मी
भदौ २२ –
देशैभरका निजामती कर्मचारीले आइतबार निजामती सेवा दिवस मनाउँदै छन् ।
बिशेष गरेर स्थानिय तहको संरचना बनेपछि स्थानिय तहका कर्मचारी जनप्रतिनिधि र सरोकारवालाले दिवसलाई प्राथमिकता दिएका छन ।
आज दिवसको अवसरमा गुल्मी ,अर्घाखाचि ,पाल्पा लगायतका जिल्लामा बिशेष कार्यक्रमको आयोजना गरि निजामती कर्मचारीले दिवस मनाउदैछन ।
गुल्मीको चन्द्रकोट गाउपालीकाले पछिल्लो समय महामारीको रुपमा फैलिएको डेङगुको बिषयमा सचेतना जगाउदै निजामती कर्मचारी दिवस मनाउदैछ ।
यस्तै छत्रकोट गाउपालीकाले शिक्षक र कर्मचारी बिच क्रिकेट प्रतियोगिता, शिक्षकहरुको हाजिरिजवाफ प्रतियोगिता गर्दैछ । रुरु क्षेत्र गाउपालीकाले कार्यक्रमको आयोजना गरि निजामती कर्मचारी दिवस मनाउदैछ ।
यस्तै पाल्पाको रैनादेबि छहरा गाउपालीकाले पनि दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्दैछ । यस्ता कार्यक्रमले कर्मचारी र जनप्रतिनिधीबिचको असमझदारी र दुरीलाई कम गर्नेछ भने शैक्षिक गतिबिधिले शिक्षाको महत्व बढाउनेछ ।
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो । प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोच जस्तो काम गर्न सकेको छैन ।
निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् ।
सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ ।