बुटवल,
भदौं–२२
गुल्मीको रेसुङ्गा नगरपालिकामा भएको विरोध कार्यक्रमको रिर्पोटिङ्ग गर्न पुगेका सञ्चारकर्मीहरुलाई त्यस नगरपालिकाका जनप्रतिनिधीहरुले दुब्र्यबहार गरेको प्रति प्रेस संगठन नेपाल, गुल्मीले आपत्ती जनाएको छ ।
गत भदौं १८ गते रेसुङ्गा नगरपालिकाको कार्यालय भित्र नेपाली कांग्रेसबाट विजयी भएका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी लगायतले प्रेस संगठन गुल्मीका सदस्य तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्री , सोही संगठनका सदस्य तिलाचन पाण्डे र अजय सुनारलाई गरेको दुब्र्वबहार विरुद्ध सो संगठनले विज्ञप्ती मार्फत आपत्ती जनाएको हो ।
त्यस संगठनका शिवलाल सुवेदी र दधिराम खनालद्धारा जारि विज्ञप्तीमा उक्त घटनाको खेद प्रकट गर्दै भिडियो खिचिरहेका सञ्चारकर्मीहरुलाई वडाध्यक्ष भलामीले अभद्र ब्यवहार गरेको र त्यसको तत्कालै प्रतिवाद स्वयम सञ्चारकर्मीले गरेको भिडियो समेत सार्बजनिक हुँदाहुँदै पनि नगरिएको घटनालाई अतिरञ्चित पारिएको भन्दै विज्ञप्तीवाजी गरिएको प्रति समेत सो संगठनले आपत्ती जनाएको छ ।
त्यस्तै वामपन्थी पत्रकारहरुलाई सामाजिक सञ्जाल मार्फत जथाभावी गालीगलौज गर्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई विद्युतिय अपराध अन्तरगर्तको मुद्धा दिन संगठन बाध्य भएको विज्ञप्तीमा उल्लेख छ ।
सत्य घटनालाई ढाकछोप गर्न सामाजिक सञ्जाल मार्फत कांग्रेस कार्यकर्ताहरु गालीगलौजमा उत्रिएका छन् ।
विज्ञप्तीमा भनिएको छ जनप्रतिनिधी जस्तो जिम्मेवार ब्यक्तिले त्यस्तो अभ्रद ब्यवहार गरेकोले सम्वन्धित निकाले कडा कार्बाहीको माग गर्दछौं । वडाध्यक्ष भरत भलामीले भने आफुले नियतवस अभद्र ब्यवहार नगरेको दावी गर्दै आएका छन् ।