अनिल खत्री
२३ भदौ, गुल्मी
संशोधित कर ब्यवस्थाको सम्वन्धमा ब्यवसायीहरु विच अन्योललाई मेटाउन शिबिर राखेर करदाता शिक्षा र व्यवसायीको कर संकलन गरिएको छ ।
आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा गुल्मीको जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म शिबिर राखेर जिल्ला स्थित बिभिन्न व्यवसायीहरुको कर संकलन र करदाता शिक्षा गरिएको हो ।जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म सञ्चालन गरिएको शिबिरमा १ हजार वढिले बिभिन्न सेवा लिएको आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख एवं कर अधिकृत सागर पोखरेलले बताउनु भयो ।
शिबिरसँगै राजस्व अनुसन्धान बिभाग उपसचिव टंक पाण्डेय र आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाका कर अधिकृत सागर पोखरेलले करदाता शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।करदाता शिक्षामा कहिले कर बुझाउने, जरिमानाबाट कसरी जोगिने, कति कारोबार हुँदा कति बिवरण अध्यवतिक गर्ने जस्ता महत्वपूर्ण विषयमा सहजता ल्याउन करशिक्षा प्रदान गरिएको कार्यालय प्रमुख एवं कर अधिकृत पोखरेलले बताउनु भयो । करदातालाई भिटियस बारे र आयकर,मुल्य अभिबृद्धि कर, अन्तशुल्क बारे शिक्षा दिने काम भएको पोखरेलले बताउनु भयो ।
यस जिल्लामा सेवाग्रहीहरुले भौगोलिक अबस्थाका कारण पनि पाल्पा जान असजिलो महसुस गरेर शिबिर राख्न आग्रह गरेकाले २ दिनको शिबिर राखिएको पोखरेलको भनाई छ । शिबिरमा नयाँ व्यवसाय दर्ता, व्यक्तिगत प्यान, व्यवसायिक प्यान, कारोवार परिर्वतन, कारोबन्द जस्ता कामहरु भएको कार्यालय प्रमुख पोखरेलले बताउनु भयो ।
कार्यालको सेवा पहँुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालयले जनाएको छ । व्यवसाय सम्बन्धीकामहरुसँगै करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने, कर कहिले तिर्ने जस्ता बिषयहरुमा करदाता शिक्षा पनि प्रदान गर्न शिबिर राख्न माग गरिएको गुल्मी चेम्बर अफ कमर्शका कृष्णप्रसाद भण्डारीले बताउनु भयो ।गत महिनाको साउनमा पनि २ दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा पहिलो पटक २ दिनसम्म शिबिर आयोजना गरिएको थियो । शिबिरमा १ हजार वढि व्यावसायीहरुले सेवा लिएका थिए । धेरै व्यवसायीहरुको छुटेको भन्ने गुनासो आएकाले पुनः एक महिना पछि दोस्रो पटक आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पालाई आग्रह गरेर शिबिरको आयोजना गरिएको भडारीले भनाई छ ।
पाल्पा र गुल्मी हेर्ने गरि आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पा कार्यालय स्थापा भएको छ । तर गुल्मीबाट कर लगायत बिभिन्न सेवा सम्बन्धी पाल्पामा जानु पर्ने बाध्यताको अत्य शिबिरले गरिदिएकोमा सेवाग्रहीले खुसी व्यक्त गरेका थिए । तम्घासमा चलेको शिबिरमा सेवा लिन आएका रेसुङ्गा नगरपालिका वडानम्बर ३ का लक्षमण पाण्डेयले शिबिरले सहजता दिलाएको बताउनु भयो । तम्घासमै सेवा पाउदा सुबिधासँगै, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता बिषयमा अन्योलता पनि मेटाएको सेवा ग्राही कृष्ण पाण्डेयले बताउनु भयो । कर भ्याट बारे जानकारी नहुँदा साना व्यवसाय गर्नेहरु ठूलो रकम तिर्नुपर्ने बाध्यता बारे शिबिरले अन्योलता मेटाइदिने काम पनि गरेको पाण्डेको भनाई छ ।
समयको बचतसँगै घरदैलोमा सेवा पाउदा आर्थिक रकम पनि बचत गराएको उनको भनाई छ । कर बुझाउन बुटवल र पाल्पासम्म पुग्नु पर्ने बाध्यतालाई ध्यानमा राखी जिल्ला मै करसेवा कार्यालयको माग यहाँका व्यवसायीहरुले रोखका छन् । यहिँ आर्थिक वर्षमा तम्घासमा करदाता सेवा कार्यालय राख्ने गरि माग राखिएको चेम्बर अफ कमर्शका कृष्णप्रसाद भण्डारीले बताउनु भयो ।