गुल्मी
भदौ २७ –
रुरु क्षेत्र गाउपालीका गुल्मीमा स्वास्थ्य बिमा बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वास्थ्य बिमा बोर्डको आयोजनामा कार्यक्रम गरिएको हो ।नेपाल सरकारले नागरिकका लागि देशैभर लागू गरेको स्वास्थ्य बिमाका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराउन र
कार्यान्वयन गराउनका लागि कार्यक्रम गरिएको हो ।
३ हजार ५ सय रुपैयामा ५ जनाको परिवारलाई १ लाख सम्मको स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
गाउपालीका अध्यक्ष निलकण्ठ गौतमको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रममा सहभागीका तर्फबाट उद्योग वाणिज्य सघं बलेटक्सारका अध्यक्ष तोय नारायण ज्ञवाली, पार्टीको तर्फबाट नेकपाका नेता नारायण पौड्याल लगायतले जिज्ञासा सहित मन्तब्य राख्नुभएको थियो ।
यसै बिषयको लाभ, सीमा र कार्यान्वयनका बिषयमा बिमा कम्पनीका कृष्ण प्रसाद आचार्य र हिमलाल ज्ञवालीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले गर्नुभएको थियो ।