प्रेम सुनार
बुटवल, भदौं २८
हरेक शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा बजारवासी सरसफाईमा जुट्थे ।
हरेकका घरमा फोहर मलाई राखिएको थियो । बजारको चोकचोकमा रातीमा बत्ति बल्ने गर्दथ्यो । तर स्थानिय सरकारको गठन पछि त्यो एउटा ईतिहास जस्तै बन्न पुगेको बेला आज शनिवार भने नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ सहितका बजारवासी हातहातमा कुचो लिएर सडकमा सरसफाई गर्न खटिएको देखियो ।केहि बर्ष अघि सम्म तम्घास बजार सरसफाईको नेतृत्व पत्रकार समेत रहेका हरिकुमार श्रेष्ठले लिएका थिए ।
अहिले उनी पनि सुस्ताएको देखिन्छ । किन सुस्ताईयो त ? भन्ने प्रश्नमा श्रेष्ठले भने –‘रेसुड्डा फोहर मैला तथा सरसफाई समितिको दुई बर्ष तदर्थ समिति र ३ बर्षे निर्वाचित कार्यकाल सहित ५ बर्ष मैले चलाउँदा हरेक हप्ताको शनिवार बजार सरसफाई गरिन्थ्यो । त्यस पछि त्यही समितिलाई नगर विकास तथा बातबरण संरक्षण संस्थाका रुपमा जिल्ला प्रशासनमा दर्ता गरियो । त्यसको अध्यक्ष रामप्रसाद श्रेष्ठ हुनु भयो जुन कार्यको निरन्तरता उहाँले दिनु पर्ने हो । ’
श्रेष्ठको पालामा करिव २५ लाख लागतमा तम्घासको फोहर मैला ब्यवस्थापनका लागि डम्पीड्ड साईड निर्माण पनि गरिएको थियो । दुई वटा ट्याक्टर र एउटा ट्रिपर पनि किनिएको थियो । चाड पर्वमा मठ मन्दिरको सरसफाई पनि त्यही समितिले गर्दथ्यो । उसैको आग्रहमा नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि बजार सरफाईमा हरेक शनिवार जुट्थ्यो ।श्रेष्ठ नै अध्यक्ष रहेको सामुदायिक प्रहरी सेवा समाजले तम्घास बजारमा रातमा सडकभरी बत्ति बाल्ने कार्य भयो । करिव २ सय वटा सडक बत्ति बालिएकोमा अहिले त्यसको नामोनिशान छैन । बजारबासीहरु रातीमा हिड्दा मोवाईलको लाईट बालेर हिड्नु पर्ने अबस्था छ ।
सरसफाई समितिले दुई जना अति विपन्न बर्गका मानिसहरुलाई रोजगारी पनि दिएको थियो । जुन स्थानिय सरकार गठन भएको केहि समय पछि रेसड्डा नगरपालिकाले खारेज ग¥यो । जसको परिणाम सरसफाईको जुन नियमित संस्कार हराएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भई एक समय निकै क्रियाशिल नगर विकास तथा बातवरण संरक्षण संस्था स्थानिय तहको निर्वाचन पछि सुस्ताएको देखिन्छ । हरिकुमार श्रेष्ठ पछि नयाँ संस्थाको नेतृत्व सम्हालेका रामप्रसाद पन्थी संग स्थानितहको निर्वाचन पछि किन सुस्तायो त त्यो संस्था ? भनेर प्रश्न गर्दा अध्यक्षन्थीले नसुस्ताएको दावी गरे ।
उनले भने हरेक महिनाको दोश्रो र चौथो शनिवार बजार सरसफाईमा जुट्ने गरेका छौं । यस संस्थाको १९ वटा सेक्टर छन । त्यसको १९ वटै समिति छन र त्यही अनुसार सरसफाईमा जुट्ने गरिएको छ ।निर्वाचनताका सुन्दरनगरी तम्घास बनाउने भाषण छाँटेका मेयर डिल्लीराज भुसाल संग त्यही प्रश्न गरियो । उनले भने खै किन त्यो समिति क्रियाशिल भएन वा के को बदला लियो थाह भएन । बजार सरसफाईमा कम्जोरी भएको कुरा सम्झाउनु भयो । अब हामीले यस बारे सोच्ने छौं ।
आज शनिवारको दिन गरिएको सरसफाई पनि बाल दिवसको अवसर भएर गरिएको जिल्ला बाल संगठनका अध्यक्ष नन्दराम भुसालले जानकारी दिए । आज र भोली बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण लगायतका विविध कार्यक्रम रहेको अध्यक्ष भुसालले बताए ।
उक्त समिति क्रिायाशिल छउन्जेल यहाँ सिडियोा , तत्कालिन एलडियो र डिएसपी र मेजरले समेत हातमा कुचो लिएर बजार सरसफाई गरेको देखिन्थ्यो । तत्कालिन नेकपा एमालेबाट विजयी भएका मेयर भुसालले एक समयको उज्यालो बजार तम्घासलाई अहिले अँध्यारोमा राखेको र बजार सरसफाईमा ध्यान नदिएको प्रति उनको आलोचना सुरु भएको छ ।
यस्तो आलोचना छ नि ? भन्ने अर्को प्रश्नमा उनले भने त्यो कुरा मलाई भन्ने हो किसम्वन्धित वडाध्यक्षलाई भन्ने हो ? त्यसको जिम्मा त वडा सरकार प्रमुखले लिनु पर्ने होईन र ? यस्तो प्रति प्रश्न गर्दै उनले थपे त्यसका लागि नगरपालिकाले के गर्नु पर्ने हो ? वडाध्यक्षले माग गरे नगरपालिकाले पुरा गर्ने नै छ ।