काठमाडौ
भदौ २९ –
आज राष्ट्रिय बाल दिवश मनाईदैछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउने गएिको छ । यस बर्षको दिवशको नारा ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ रहेको छ ।
यसैबिच राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावक बिहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताउनु भएको छ ।
उहाँ ले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्रीले सन्देशमा सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको स्पष्ट पार्नुभएको छ ।