काठमाडौ
भदौ २९ –
आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने र अबको तीन दिन यस्तै किसिमको मनसुनी गतिविधि भइरहने सम्भावना रहेको उहाँले बताउनुभयो ।
भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।