युगराज बस्याल
गुल्मी ,भदौ ३० –
रुरु क्षेत्र गाउपालीका गुल्मीले आर्थिक वर्ष २०७५ – ७६ को कार्य सम्पादन र लक्ष्य प्राप्तीको समिक्षा गरेको छ ।
आज गाउ कार्यपालीका सदस्यहरु र कर्मचारीले बैठकमा वडा ,उपभोक्ता समिति र सम्वन्धीत शाखाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा गरिएको थियो । आर्थिक वर्ष २०७६ – ७७ को कार्यक्रम प्रभावकारी रुपले लागु गर्न समिक्षा गरिएको हो ।
वडा अध्यक्षहरु रामलाल बिक,घनश्याम अर्याल, शेष नारायण पौड्याल,फर्सुराम ज्ञवाली,हरि प्रसाद ज्ञवाली र वडा नम्बर ६ की कार्यवाहक अध्यक्ष बुद्धिमति लामिछानेले उपभोक्ता समितिमा पदाधिकारी बन्न स्थानियले इच्छा नगरेको र अनुरोध गरेर समिति गठन गरेपनि साना साना योजनाको संम्झौता भुक्तानि निकासी लगायतका काममा पटक पटक गाउपालीका आउदा जादा हुने खर्च समस्याको रुपमा रहेकाले यसलाइ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।
साविकका वडाहरुलाई समायोजन गरेर क्लस्टर वा ब्लकको रुपमा कार्यक्रम लैजानुपर्ने, डोजरलाई प्रतिस्पर्धाको आधारमा प्रयोग गर्नुपर्ने ,गाउपालीकाको घडेरी र खेलमैदान संरक्षण गर्नुपर्ने, वडामा कर्मचारी अभाव भएकाले व्यवस्था गर्नुपर्ने,कार्यक्रम सम्झौता भएपछि समिति लगायत आवस्यकताको आधारमा ठेक्का लिने व्यक्तिको वास्तविकता बुझि पेश्की दिनुपर्ने बिषयबस्तुलाई नितिगत रुपमै व्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष फर्सुराम ज्ञवाली र वडा नम्बर ५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले वडालाई बजेट बिनियोजन गर्दा भाग नलगाइ आवश्यकताको आधारमा दिनुपर्ने बताउनुभएको थियो ।
साथै उहाले बम्घा ,रिमुवा र ग्वादीलाई आगामी कार्यक्रममा बिशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।वडामा पुगेका धेरै कार्यक्रम र योजनाहरु सम्पन्न भएका र दिर्घकालीन र क्रमागत योजनाहरु सुचारु रहेको बताइएको थियो ।गत आर्थिक वर्षमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको काम प्रभावकारी भएको र सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी भएकाले सेवाग्राहिको उपस्थिति बढेको र गत आर्थिक वर्षको कार्यक्रमका आधारमा रकम बिनियोजन भए सो कम हुने शाखा प्रमुख छत्र बहादुर अधिकारीले बताउनुभएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले गतवर्ष प्रदेश र सघं बाहेक गाउपालीकाको ११ करोड बढिको कार्यक्रम कर्मचारीको अभावको बाबजुत पनि गर्न सफल भएको र करिब १ करोड रुपैया गत आर्थिक बर्षको मौज्दात यसबर्ष ल्याइएको बताउनुभएको थियो ।
सोहि अवसप्ररमा गाउपालीकाले गरेका नया कामको बारेमा पनि जानकारी गराउनुभएको थियो ।गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले संघगाउपा र प्रदेश सग नबाझिने गरि सेवा प्रवाहको लागि नितिगत रुपमै व्यवस्था गरिने बताउनुभएको थियो ।उहाले खानेपानी, खरका छाना बिस्थापित ,मोटरबाटो ट्रयाक सम्पन्न , कृषि पकेट क्षेत्र निर्धारण ,कृषि बिज्ञबाट सम्भाव्यता अध्ययन ,बोयर जातका बोका,खुदो ,गुण ,दुध निकासी गत वर्षको उपलब्धि भएकाले यसलाई निरन्तरता दिदै समृद्धिमा जोड्न आवश्यक तयारी र कार्यक्रम गर्न जनप्रतिनिधि र कर्मचारी अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
यसैबिच गाउपालीकाले आज नै सर्बपक्षिय भेला आह्वान गरि सम्बिधान दिवस मनाउने बिषयमा छलफल गरेको छ । कार्यक्रम र कार्यतालिका मंगलबार सार्वजनिक गर्ने बताइएको छ ।