अर्घाखाँची
असोज १ –
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा मालारानी–९ गोखुङ्गाका नारायण पुन रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
३१ वर्षीय पुनको सन्धिखर्क हललाइनमा केबलको लाइन मर्मत गर्ने क्रममा बिजुलीको तार छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका पुनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।