अनिल खत्री
३ असोज, गुल्मी
अबिर वर्षासँगै गुल्मीको तम्घास नजिकै रहेको ह्वाक्ने छहरामा पानीको सतह बढेपछि सुन्दर दृश्य बनेको छ ।
सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिकाको वडा नम्बर १० मा पर्ने छहरामा पर्याप्त मात्रामा पानी नपर्दा सुख्खा थियो । तर भदौको अन्तिम साताबाट परेको पानीका कारण छहरामा पानीको सतह बढेपछि सुन्दर दृश्य बनेको छ ।
पानीपरेसँगै छहराको दृश्य सुन्दर मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रबाट बग्ने छहरा लामो दुरीबाट बग्ने गरेकाले ह्वाक्ने छहराको नामले चिन्ने गरेका छन् ।
बिगतका वर्षहरुमा साउनमै छहराले ठूलो आकार लिइदा यस क्षेत्रबाट आन्तिरिक पर्यटकहरु फोटो खिचाउन र त्यसको अबलोक गर्न पुग्ने गर्दथे ।
तर यो वर्ष साउन महिनामा पानी नपर्दा छहरामा भएको पानी सुक्दै जान गएको थियो ।
सदरमुकाम तम्घासबाट नजिकै तम्घास रिडी सडकमा पर्ने छहरा राजमार्गको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ । छहरामा पानी बढेपछि सुन्दर दृश्य बनेको छ ।
बिहिवार मध्यानबाट पानी पर्न केहि कम भएकाले छहरामा फोटो खिचाउन तथा दृश्य हेर्न तम्घासबाट स्थानीय पुग्ने गरेका छन् । छहरामा अघिल्ला वर्षहरु स्थानीहरुको घुइँचो लाग्ने गर्दथ्यो ।
यो वर्ष पनि पानी रोकिएपछि छहरामा रमाउन एवं फोटो र मनमोहक दृश्य हेर्न स्थानीयहरु पुग्ने छन् ।
अघिल्लो वर्षहरुमा समयमा धेरै पानी पर्दा यस छहरा ठूलो हुने गर्ेतापनि वर्षेनी पानी पर्नेक्रमा घट्दो क्रममा भएको हुँदा छहराको दृश्य लोप हुने अबस्थामा छ ।
यो वर्ष पर्याप्त पानी नपर्दा छहराको दृश्य लोप हुने प्रति चिन्तीत रहेका जिल्ला वासी पानीपरेसँगै खुसी व्यक्त गरेका छन् ।