चुरामणि तिमिल्सीना
गुल्मी ,असोज २ –
संबिधान दिवसको पुर्व सन्ध्यामा रुरु क्षेत्र गाउपालीका वडा नम्बर १ गुल्मीले सरसफाई गरेको छ ।
बिभिन्न संघसस्थाको समन्वयमा रिडि बजार तथा सामाजिक क्षेत्रहरुमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको समापन मा बोल्दै वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले सबिंधान दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
सरसफाई कार्यक्रममा जनप्रतिनिधी , संघसस्थाका प्रमुखहरु पत्रकार ,महिला समुह,सुरक्षा निकाय ,स्थानिय लगायतको सहभागिता रहेको थियो ।
यसै गरि बिहान ११ बजे देखि रिडि बजारमा संविधान दिबस सफल पारौ भन्ने नारासहित सम्पुर्ण बिद्यार्थी सहित बिधालय , कर्मचारी , बितिय सस्थाहरु, बैकहरु ,पत्रकार लगायतको सहभागीतामा बाजा गाजा सहित र्याली निकालीएको थियो ।
र्याली बजार परिक्रमा गरि रिडि माध्यमिक बिद्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोणसभा रुरु गाउँपालिका वाड न १ का वाड अध्यक्ष रामलाल बिक को अध्यक्षता रहेको थियो।
कार्यक्रममा नेकपाका सुबर्णलाल कक्षपती , रिडि माबिका प्रधानाध्यापक रोहित भन्डारी, दुर्गा ज्ञवाली ,भोजराज गौतम, चन्द्रलाल कसजु , धना राना, गुरु प्रसाद ज्ञवाली , भीष्म ज्ञवाली , लगायतले संविधान दिबसको बिषयमा चर्चा गरेका थिए ।
रुरु गाउँ कार्यपालिका का सदस्य भगबति बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन रुरु गाउँपालिका वाड न १ का सचिब राम प्रसाद ज्ञवालीले गर्नुभएको थियो।
बिर सहिद अमर बनुन , सामाजिक सद्भाव कायम गर भन्ने जस्ता नारा लगाउदै कार्यक्रम सम्पन्न भएको थियो।