गुल्मी
असोज ४ –
छत्रकोट गाउपालीका गुल्मीले बिभिन्न कार्यक्रम गरि सबिंधान दिवस मनाएको छ ।
गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थको अध्यक्षतामा सम्पन्न मुल समारोहमा प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले सबिधान को बिषयमा छलफल तथा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शम्भु ज्ञवाली, सरस्वति माध्यमिक बिद्यालयका प्रधानाध्यपक भुवन टण्डन, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता होमनाथ कडेंल,
नेपाली कांग्रेशका नेता धातानन्द भुषाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोटका अध्यक्ष राम प्रसाद पाण्डेयले शुभकामना सहित वर्तमान अवस्थामा सविंधानको कार्यन्वयनको बिषयमा बोल्नुभएको थियो ।
वडा नम्बर ६ का वडाध्यक्ष थम्मन ज्ञवालीले सबिंधानका बिषयमा कबिता, राम प्रसाद पन्थले गित र केशव ज्ञवालीले कबिता प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष तथा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थले सबिंधानले प्रदान गरेको अधिकार र व्यवस्थालाई स्थानिय तहले उचित कार्यन्वयन गरेमा सुखि नेपाली समृद्ध नेपाल हुने बिश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवालीको सन्चालनमा सम्पनन भएकोे थियो ।