काठमाण्डौ
असोज ५ –
आज विश्व गैंडा दिवस मनाइदैछ ।
संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर आज विश्व गैंडा दिवस मनाइरहेका छन् ।
गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो ।
अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् ।
नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् ।