काठमाडौ
असोज ५ –
नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । तत्कालीन समयमा श्रेष्ठ बैंकको सीईओ थिए ।
खोलाको जग्गाको किर्ते कागजात बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्रेको र हिरासातमा राखेर अनुसन्धान भइरहेको एसपी पाण्डेले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत छन् ।
खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक ५ करोड रुपैयाँ रकम स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।