काठमाडौ
असोज ६ –
कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा गरेको को छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।
नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो। बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको थियो ।
११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।