चुरामणि तिमिल्सीना –
गुल्मी ,असोज ७ –
रुरु धाम रिडिमा बृहत ज्ञान महायज्ञ चलिरहेको छ ।
बृहत ज्ञान महायज्ञ को सोमबार १० औ दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
आज ११ औ दिनको कार्यक्रम चलिरहेको छ ।
सोमबार १० औ दिनको कार्यक्रमको अध्यक्षता कार्यक्रम निर्देशक पर्सुराम भट्टराईले गर्नुभएको थियो ।
समापन सत्रका प्रमुख अतिथी जिल्ला समन्वय समिती स्याङ्जा कि प्रमुख सीता सुन्दास रहनुभएको थियो।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकि उपाध्यक्ष साबित्रा कोइराला तान्सेन नगरपालिका १४ का वाड अध्यक्ष कमल राना, रुरु १ का वाड अध्यक्ष रामलाल बिक ,रिब्दिकोट गाउँपालिका १ का वाड अध्यक्ष बिष्णु प्रसाद गैरे, कालीगण्डकी करिडोरका प्रमुख रेस्मिराज भट्टराई, पत्रकार , महिला समूह ,समाजसेवि , दानवीर दाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
प्रमुख बाचक बालयोगेश्वर महाराज रहनुभएको थियो । कार्यक्रमम बोल्दै प्रमुख अतिथी सुन्दासले रुरु धामको प्रचारप्रसार गर्न गण्डकी प्रदेश बाट जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।