पाल्पा
असोज ८ –
पाल्पामा जंगली च्याउ खादा ५ जना बिरामी भएका छन् ।
मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि रामपुर नगरपालिका–४ खप्टारका टुलबहादुर मल्ल, ठगबहादुर खाँण, अनुप थापा, केसरी मल्ल र शंकर खाँण बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
उनीहरुको रुपन्देहीको सिद्धबाबा अस्पतालमा उपचार भइरहेको छ ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी भएका हुन् ।
पछिल्लो समय जंगली च्याउ खादा बिरामी हुनेको संख्यामा बृद्धि भइरहेको छ ।
यस्तै धनुषाको एक होटेलको फ्रीजमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहामा रहेको पूर्वेली स्टाफलाइन होटेलको फ्रीजमा करेन्ट लागेर मंगलबार राति तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । २ जनाको नाम भने खुल्न सकेको छैन ।