काठमाडौ
असोज १० –
आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ।
४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ तय गरिएको छ। दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम पनि राखिएको छ। पर्यटन मन्त्री योगेश भट्टराईले शुभकामना दिँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, मुख्यरुपमा पर्यटक भित्रिने नाकाहरु, काँकडभिट्टा तथा कञ्चनपुरको गड्डाचौकी लगायतका ठाउँमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ। त्यसैगरी होटेल तथा हवाई उडानमा पर्यटकहरुलाई विशेष छुट दिइने कार्यक्रम छ। त्यस्तै पर्यटन दिवसको विश्वव्यापी नाराबारे अन्तक्र्रिया तथा विभिन्न खेलकुद र र्या्लीको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।