अनिल खत्री
१० असोज, गुल्मी –
सनराइज बैंक गुल्मी शाखाले रेसुङ्गामा सरसफाई गरेको छ ।
बैंकको १२ औं वार्षिक उत्सवको अबरसमा जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरेको हो ।‘सफा रहौं सफा राखौं’ भन्ने नाराका साथ वार्षिक उत्सव मनाउने शिलसिलामा बैंकले शुक्रवार जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा सरसफाई गरेको बैंक शाखा प्रमुख दिनेश पन्थीले बताए ।बैंकको वार्षिक उत्सवसँगै जिल्लाको धार्मिक क्षेत्रमा पर्यटकीय आगमनलाई वढाउन र सरसफाइ गरेर सुन्दर राख्नको निम्ति बैंकका कर्मचारीहरु र स्थानीयले मिलेर पोखरी र यज्ञशालामा सरसफाई गरिएको पन्थीले बताए । सरसफाईसँगै फोहोर संकलन गर्न सामाग्रीहरु पनि रेसुङ्गा क्षेत्रमा राखिएको बैंकले जनाएको छ ।
नेपाल भ्रमण वर्षमा रेसुङ्गा क्षेत्रलाई पर्यटकहरुको आगमन र त्यहाँको सुन्दरता राख्नको निम्ति बैंकले पनि सरसफाई गर्ने काम गरेको शाखा प्रमुख पन्थीको भनाई छ ।