अनिल खत्री
१० असोज, गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अधिकाशं मासु पसलहरु मापदण्ड विपरित सञ्चालन गरेको पाइएको छ ।
चाड पर्वलाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार सहितको टोलीले तम्घासको बिभिन्न ठाउँमा मासु पसलहरु अनुगमन गरेको हो । सदरमुकामै रहेका मासु पसलहरुले फोहोर ठाउँमा काटने र राम्रो ठाउँमा राखेर बेच्ने गरेको पाइएको छ । मासु काटने स्थल अत्यन्तै दुरगन्धीत रहेको भेटिएको हो ।
तम्घासको बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुले मासु काट्ने बथसालाहरु अत्यन्तै फोहोर गरि मासु काट्ने गरेको अनुगमन कर्ताले फेला पारेका थिए । बासपार्क क्षेत्रमा रहेको गुप्ता फ्रेस आउस र चारपाला मासु पसलले मासु काटने स्थल अत्यन्तै फोहोर स्थनामा काट्ने गरेकाले अनुगमन कर्ताले तुरुन्तै सुधार गर्ने गरि काज गरिएको रेसुङ्गा नगरपालिका अनुगमन समिति सदस्य शेर बहादुर कुँवरले बताए ।
तम्घास बजारका १ दर्जन मासु पसलहरुमा अनुगमन भएको थियो । अनुगमनको क्रममा मासु पसलहरुले खसी, कुखुरा मासु एकै स्थानमा राखेको पाइएको थियो । बध गर्ने अधिकाशं स्थानहरु शौचालयको नजिकै भएको समेत अनुगमन समितिले फेला पारेको जनाएको छ ।
अनुगमन कर्ताले मासु पसलहरुलाई कतिपय मासु पसलमा सरसफाइ नभएको पाइएकोले सरसफाइ गर्न, वासी खाना नमिल्ने खालको मासु मिसाएर नबेच्नको लागी अनुरोध गरिएको थियो । आगामी दिनमा फेरि गरिने अनुगमनमा सो अनुसार भेटिए कडा कारबाही समेत हुने कुँवरले बताए ।
मापदण्ड अनुसार सञ्चालन नगरे बिभिन्न मासु पसलहरुलाई कारवाहीको प्रक्रृया अगाडि बढाउने अनुगमन समितिले जनाएको छ ।