गुल्मी
असोज १० –
जनबोध माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउपालीका रानिबास गुल्मीमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम र
कक्षा ११ उत्रिर्ण बिद्यार्थिलाई बधाइ ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
७३ जना बिद्यार्थि परिक्षामा सामेल भएकोमा ४१ जना बिद्यार्थि पुर्ण सफल भएका छन ।
कार्यक्रममा प्रधानाध्यपक राम प्रसाद श्रेष्ठले नमुना बिद्यालय बनाउन बिद्यार्थिको महत्वपुर्ण भुमिका भएकाले यसको निरन्तरताको लागि पनि
बिद्यार्थिर्कै भुमिका महत्वपुर्ण हुने बताउनुभएको थियो ।
प्र्रधानाध्यपक श्रेष्ठले सफल बिद्यार्थिलाई शुभकामना व्यक्त गर्दै बिषय छुटेका र कम अंक आएका बिद्यार्थिलाई निरास नभइ
अझ सक्रिय हुन आग्रह गर्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समिति सदस्य बिरबल पुरिको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक बामदेब ज्ञवालीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यार्थिहरु निकिता नेपाली र बिमला कुवरले धन्यावाद तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम शिक्षक देबिराम कुवरको संचालनमा सम्पन्न भएको थियो ।
जनबोध माध्यमिक बिद्यालय संघिय छनौटमा नमुना बिद्यालयमा छनौट भएको यस क्षेत्रको उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालय हो ।