पाल्पा
असोज १४ – पाल्पामा चार दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–३ चकल्दीका ३५ वर्षीय विष्णु थापाको शव सोमबार फेला परेको हो ।गाउँपालिकाको वडा नम्बर ७ पालुङमैनादीको जलुकेस्थित कच्ची सडकभन्दा करिब २५० मिटर तल जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो।
उनी यही असोज १० गते देखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा शव फेला परेका हुन्।