शुरेस थापा
गुल्मी ,असोज १५ –
गुल्मीको सत्यवतीमा पालिका स्तरीय खुल्ला तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रको लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ हिन्दुहरुको महान चाड बडादशैको अवसरमा सत्यवती गाउँपालिकाको आयोजनामा मंगलबार पालिका स्तरीय खुल्ला तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता गरिएको थियो ।
खुल्ला तर्फ १८ र भेट्रान तर्फ ७ गरि २५ समुहको सहभागिता रहेको थियो जसमध्ये खुल्ला तर्फ सत्यवती–३, का झमन फौजा र रोहन थापा समुह प्रथम ,सत्यवती–३, कै कृष्ण पुलामी र मेख राहादी समुह द्धितिय र सत्यवती–६, खैरेनीको भरत थापा र विरेन्द्र कार्की साथै हिमाल बुढाथोकि र देवन काला को समुह तृतिय भएका छन् ।
यस्तै भेट्रान तर्फ सत्यवती–३ लुम्पेक का इश्वरी तरामु र बेनु थापा समुह प्रथम , सत्यवती–३, लुम्पेककै जुक्त बहादुर थापा र अर्जुन तरामुको समुह द्धतिय भएका छन् ।
सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको अध्यक्षता रहेको कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी, वडा नं। ६ का कायम।मुकायम अध्यक्ष छविलाल भट्टराई, इलाका प्रहरी कार्यालयका प्रमुख सुग्रिव बहादुर बैदवार, चेम्वर अफ कमर्शका युवराज न्यौपाने ,पालिका सदस्य तेज कुमारी थापा, कृष्ण भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
महेश काउचा र मनोज काउचा ले रेफ्रिको भुमिका निर्वाह गर्नुभएको कार्यक्रमको सन्चालन ओम खाम्चाले गर्नुभएको थियो ।