गुल्मी
असोज १५ –
रुरु क्षेत्र गाउपालीका गुल्मीले असोज १८ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
बिजया दशमी ,शुभ लिपावली,छठ पर्वर नेपाल सम्वत को अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उच्च पदस्थ व्यक्ति ,स्थानिय तहका सरोकारवालाहरु को सहभागिता रहनेछ ।
यसैबिच आज गाउपालीकामा कार्यवाहक अध्यक्ष लक्ष्मीदेवि पन्थको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ ।
बैठकले कार्य बिभाजन समेत गरेको छ ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि, वडा नम्बर ३ का अध्यक्ष शेषनारायण पौड्याल ,वडा नम्बर ४ का अध्यक्ष फर्सुराम ज्ञवाली,
वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद ज्ञवाली,इलाका प्रहरी कार्यलय रिडिका प्रमुख राधेश्याम सिं सैथवार ,रुरु एफ एमका स्टेशन म्यानेजर युगराज बस्याल लगायतको सहभागिता रहेको थियो ।