गुल्मी असोज १६
हुमाकान्त पोख्रेल – नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी गुल्मीको आयोजनामा शुभकामना आदान–प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु नेपालीहरुको महान चार्ड विजयादशमि एवम् शुभ दिपावलीको अवसरमा अनेरास्ववियुले चियापान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य एवम् नेकपा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले नेकपाले गतिशिल ढङ्गबाट काम गरेको भन्दै अब कसैले रोकेर विकासको काम नरोकिने बताए । त्यसका साथै उनले पार्टीका धेरै भातृ संगठनको एकता प्रक्रिया टुङ्गिएको र बाँकि भातृ संगठनको एकता पनि छिट्टै टुंगिने जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख एवम् नेकपाका जिल्ला नेता लक्ष्मण पराजुलीले गुल्मीमा प्रदेश एवम् केन्द्र सरकारबाट विनियोजित बजेटबाट भएका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्लास्थिति नेकपाका विभिन्न तहका नेताहरु, नेकपाका विभिन्न भातृ संगठनका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्ववियु गुल्मीका नेता राजेन्द्र विक्रम कुँवरको अध्यक्षता, श्रीराम महतको स्वागत मन्तव्य तथा विद्यार्थी नेता भरत चन्दको संचालनमा सम्पन्न भएको हो ।