काठमाडौं
असोज,१९ – वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचाररत आचार्यको ६१ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । आचार्य कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । नेपाल टेलिभिजनमा २०४४ सालबाट टेलिभिजन पत्रकारिता सुरु गरेका आचार्य पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार प्रमुख थिए । उनले लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापन समेत गराएका थिए । नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवं समाचार निर्देशक समेत रहेका आचार्यले विभिन्न महाशाखाको नेतृत्व सम्हालेका थिए।
कलेजसो सम्वन्धी समस्याका कारण केही दिन अगाडि वीर अस्पताल लगिएका आचार्यलाई उपचारपछि घर फर्काइएको थियो । तर, फेरि समस्या बल्झिएपछि शनिबार नै नर्भिक अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । आचार्यका एक छोरी, श्रीमती र आमा छन् ।