अनिल खत्री
२० असोज, गुल्मी – गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
आइतवार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, १ वटा तिलरी, १ वटा सिक्री गरि करिव २ लाख बराबरको गरहगना हराएको गिरीले जिल्ला प्रहरी गुल्मीमा जानकारी गराएका थिए ।
प्रहरी निरिक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार गाडी बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर सम्बन्धीत व्यक्तिलाई नै बुझाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।
प्रहरीले फोला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।