कृष्ण कंडेल
गुल्मी, असोज ३० – व्यवसायिक तथा अगुवा कृषक भेला गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ५ र ६ मा सम्पन्न भएको छ ।
वडा नम्बर ५ खज्र्याङमा भएको भेलामा खज्र्याङका वडाध्यक्ष कृष्ण प्रसाद पन्तको अध्यक्षता , गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता, गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो ।अतिथिहरुमा कृषि प्रचार अधिकृत शिव प्रसाद बन्जाडे ,बाली संरक्षण अधिकृत कबिता सुवेदी, कृषि प्राविधिक पवित्रा घिमिरे रहनुभएको थियो । पशु स्वास्थ्य प्राविधिक कृष्ण प्रसाद कडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ३२ जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम छत्रकोट पशु शाखा प्रमुख टेक बहादुर खनालको सन्चालनमा सम्पन्न भएको थियो ।
यस्तै छत्रकोट वडा नम्बर ६ मा पनि व्यवसायिक तथा अगुवा कृषक भेला सम्पन्न भएको छ । वडा नम्बर ६ मा भएको भेलामा वडाध्यक्ष थम्मन ज्ञवालीको अध्यक्षता,गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता ,गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो । अतिथिहरुमा कृषि प्रचार अधिकृत शिव प्रसाद बन्जाडे ,बाली संरक्षण अधिकृत कबिता सुवेदी, कृषि प्राविधिक पवित्रा घिमिरे ,गाउकार्यपालीका सदस्य कमला ढकाल र वडा सदस्य कृष्ण रेस्मी रहनुभएको थियो । पशु स्वास्थ्य प्राविधिक कृष्ण प्रसाद कडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ३७ जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम छत्रकोट पशु शाखा प्रमुख टेक बहादुर खनालको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा व्यवसायिक कृषितथा पशु संयोजकमा छप बहादुर थापा र सह संयोजकमा रुकमेडा ज्ञवाली चयन हुनुभएको कृष्ण कडेलले खबर पठाउनुभएको छ ।