काठमाडौ
कार्तिक १ – देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएको छ ।
पश्चिमी वायुको प्रभावले बादल लाग्दा मौसममा आंशिक बदली भएको हो ।
नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बाहिरिएर वायुमण्डलमा पश्चिमी वायुको प्रभाव परेपछि जाडोयाम सुरु हुने गरेको छ ।
पश्चिमी वायुको प्रभाव परेसँगै देशैभर तापक्रम घट्दो क्रममा रहेको छ ।
यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदलीका साथै क्षणिक वर्षाको सम्भावना रहेको छ ।
ठूलो वर्षाको सम्भावना भने छैन ।