युगराज बस्याल
गुल्मी कात्र्तिक १ – गुल्मीको रुरु क्षेत्र गाउपालीकामा आधुनीक कंक्रिट ब्लक उत्पादन सुरु भएको छ ।
स्थानिय युवाहरुले श्रृङगेश्वर इन्टरलक ब्लक उद्योगको सुरु गरेका हुन । इट्टाको बिकल्प को रुपमा ब्लक प्रयोग गर्न सकिने संचालकले बताएका छन । स्थानिय विजय श्रेष्ठ ,देव कुमार बिक,गणेश बिक ,राजु सुनार र इन्द्र सुनारले यस क्षेत्रमा पहिलोपटक कंक्रिट ब्लक उत्पादन सुरु गर्नुभएको हो । बनेपाबाट प्रशिक्षकलाई बोलाइ बलेटक्सारमा संचालकहरुले उत्पादनको तालिम लिइरहेका छन । इट्टा प्रयोग गर्ने ठाउमा कंक्रिट ब्लक प्रयोग गर्दा फिनिसिङ राम्रो हुनुको साथै लागतमा ३५ देखि ४० प्रतिशत कम हुने र भुकम्पबाट पनि सुरक्षित हुने प्रशिक्षक जोनी केशीले बताउनुभयो । करिब १० लाखको लागतमा निर्मित उद्योगबाट दैनिक ६० वटा ब्लक उत्पादन हुने र एउटा ब्लकले २ वटा र आधा इट्टा बराबरको काम गर्ने इट्टा भन्दा ३ गुणा संरचना बलियो हुने उत्पादकको दाबि रहेको छ ।
अबको १ महिना पछि उत्पादित ब्लक बजारमा पठाइने संचालक गणेश बिकले जानकारी दिनुभयो ।