काठमाडौ
कात्र्तिक ८ – कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका प्राध्यापक डा गोविन्द केसीले आफ्नो आन्दोलनलाई कात्तिक १८ गतेसम्म सारेका छन्।
डा केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् । हिन्दू धर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् ।
सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । अबको अनसन उनको १७ औ हुनेछ ।