कार्तिक १९
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क को लागी छुटेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान नरपानीमा दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले बताउनुभयो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।