२१ कार्तिक
उपनिर्वाचनका लागि आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता,
स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि ।
प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख १,
अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन ।
१ सय १ दलले उपनिर्वाचनमा भाग लिँदै ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ९५ दल ।
र स्थानीय तहको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिने ।
यो उपचुनावमा कुल मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ।
२ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र ।
१६ नयाँ दल दर्ता ।
चुनाव प्रचारप्रसारका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा १६ दिन
र स्थानीय तहका उम्मेदवारको हकमा १० दिन ।
खर्चको सीमा
प्रदेशसभा सदस्य उम्मेदवारका लागि १५ लाख
र प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि २५ लाख
उपमहानगरपालिका प्रमुखको लागि साढे ५ लाख,
वडा अध्यक्षका लागि साढे २ लाख,
नगरपालिकाको वडा अध्यक्षका लागि २ लाख,
गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख
र वडा अध्यक्षका लागि डेढ लाख रुपैयाँ खर्च सीमा
कात्तिक ८ गते नै निर्वाचन आचारसंहिता लागू